logo
२०८१ बैशाख २५ मंगलवार



काभ्रेमा हिमपातले ग्रामीण सडक अबरुद्ध

खुला |
प्रदेश |


काभ्रेमा हिमपातले ग्रामीण सडक अबरुद्ध


मधुसुधन तिमल्सिना
काभ्रे, माघ २२ गते । बर्षात र हिमपातका कारण बेथानचोक गाउँपालिकाभित्रका ग्रामीण सडक अबरुद्ध भएका छन । बिहीबार बेलुकाबाट बर्षात र हिमपातका कारण सडक, खानेपानी, बिद्युत, सञ्चार लगायतका क्षेत्र अबरुद्ध भएको स्थानीयबासीले बताएका छन् ।

एक फिटभन्दा बाक्लो हिउँ परेकाकारण ग्रामीण भेगमा जाने सडक अबरुद्ध भएका हुन । बेथानचोक गाउँपालिका –३ का कमल नेपालले बेथानचोक गाउँपालिकाका स्थानीयको जनजीवन कष्टकर भएको बताउनुभयो । हरेक बर्ष महाभारतको रेन्जमा मात्र पर्ने हिउँ यस बर्ष बस्तीसम्म परेपछि स्थानीयको जनजीवन कष्टकर भएको नेपालको भनाई छ ।

हिमपातका कारण ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकालाई समस्या परेको छ । गाउँपालिकाले पालिका जाने मुख्य सडक अबरुद्ध हुन नदिन पालिकाले आवश्यक तयारी गरेको जनाएको छ । ग्रामीण सडक भने हिउँ पग्लेपछि मात्र खुल्ने जनाइएको छ । बस्तीसम्म हिउँ परेपछि हिउँ खेल्न आन्तरिक पर्यटक बेथानचोक जानेक्रम बढेको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?