logo
२०८१ बैशाख २६ बुधवार



अपाङ्गता भएका ब्यक्तिलाई कम्बल बितरण

खुला |
प्रदेश |


अपाङ्गता भएका ब्यक्तिलाई कम्बल बितरण


शैलेन्द्र रोकाया
बझाङ, माघ २२ गते । अपाङ्गता भएका ब्यक्तिहरुलाई चिसोमा न्यानो बनाउन कम्बल बितरण गरिएको छ । जिल्लाको जयपृथ्बी नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएका, सुरक्षा संजालले जयपृथ्बी नगरपालिका भित्रका ११ वटै वडाका अपाङ्ता भएका ब्यक्तिलाई कम्बल बितरण गरिएको हो ।

चिसोबाट बच्नका लागी जयपृथ्बी नगरपालिका भित्रका एक सय जना फरक क्षमता (अपाङ्गता भएका) ब्यक्तिहरुलाई कम्बल बितरण गरिएको अपाङ सुरक्षा सञ्जाल बझाङका अध्यक्ष बह्मदत्त जोशीले बताउनुभयो । क र ख बर्गको अपाङ्गता परिचयपत्रप्रति ब्यक्ति एक एक वटा कम्बल बितरण गरिएको उहाँको भनाई छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बझाङले समेत दशवटा कम्बल बितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले अपाङ्गता भएका जयपृथ्बी नगरपालिका भित्रका १० जनालाई एक एक थान कम्बल बितरण गर्नुभएको हो । चिसो मौसममा कम्बल पाउँदा निकै खुशी भएको जयपृथ्बी नगरपालिका –३ का कर्णबहादुर खड्काले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?