logo
२०८१ बैशाख २२ शनिवार



आकाश खुलेपछि ताप्लेजुङको दृश्य (फोटो फिचर)

खुला |
फोटो ग्यालरी |
प्रदेश |


आकाश खुलेपछि ताप्लेजुङको दृश्य (फोटो फिचर)


चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २३ गते । ताप्लेजुङमा तीन दिनसम्मको निरन्तर परेको हिमपात र वर्षा रोकिएसँगै आइतबारदेखि मौसम खुलेको छ । बिहानैदेखि मौसम खुलेको छ । सफा मौसमसँगै सेताम्मे हिउँले ढाकिएको मनमोहक हिमाली दृश्य पनि खुलेको छ ।

यता मौसम सफा अर्थात बिहानैदेखि घाम लागेपछि जिल्लाका नागरिक हर्षित भएका छन् । जिल्लाको उच्च हिमाली क्षेत्रमा भने हिमपात जारी छ । हिमाली बस्तीहरु ओलाङ्चुङ्गोला, याङ्मा, घुन्सा, फलेलगायतमा दुई फिटसम्म हिउँ परेको स्थानीयले बताएका छन् । प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ ।

यस्तै फुङ्लिङ बजार नजिक सुकेटार क्षेत्रसम्म नै बाक्लो हिउँ परेको थियो । सुकेटार क्षेत्रमा हिउँ परेपछि शनिबारदेखि नै हिउँ खेल्नेको भीड लागेको छ । सुकेटारमा आइतबार पनि बिहानैदेखि हिउँ खेल्नेको भीड छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?