logo
२०८१ मंसिर १० सोमवार



पुल बनेपछि गाउँवासीको दैनिक आम्दानीमा बृद्धि

खुला |
प्रदेश |


पुल बनेपछि गाउँवासीको दैनिक आम्दानीमा बृद्धि


अमरराज नहर्की
तनहुँ, माघ २३ गते । पुल बनेपछि तनहुँ गाउँपालिका १ मा पर्ने समस्तीपुर र बरडाँडाबासीको दैनिक आम्दानीमा बृद्धि भएको छ । यी दुई गाउँलाई जोड्ने बराँदीमा पुल बनेकाले गाउँको उत्पादन राजमार्गमा पु¥याएर विक्री गर्न सहज हुनुका साथै पुलमा आन्तरिक पर्यटक आउनेक्रम बढेपछि आयस्तरमा पनि बृद्धिभएको स्थानीयको भनाई छ ।

सो स्थानमा नेपालका दोस्रो अग्लो उचाईसहितको झोलुङ्गे पुल निर्माण भएको आन्तरिक पर्यटकको रोजाईले टिकटक बनाउन, फोटो खिच्नेको भिड लाग्नेगरेको छ । आन्तरिक पर्यटक आउनेक्रम बढेसँगै गाउँको उत्पादन बिक्रीमा पनि बृद्धि भएको स्थानीय बासिन्दा श्रीराम भट्टराईले बताउनुभयो ।

पुल बनेपछि एक घण्टाको बाटो छोट्टिएकाले पृथ्वी राजमार्गसँग जोडिएको मिलीजुली कृषि सहकारीमा लगेर गाउँमा उत्पादित तरकारी र फलफूल आम्दानी लिन थालेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको वडा न १ मा पर्ने समस्तीपुर र बरडाँडालाई जोड्ने गरी खुदी खोलामा सतहबाट दुई सय ७५ मिटर उचाईमा पुल निर्माण भएको हो ।

दुई सय २० मिटर लामो यो पुल बनेसँगै दिनहँु टिकटक बनाउन आउने र उनिहरुले खाजा खाने तथा गाउँमा उत्पादन भएका ताजा तरकारी र फलफूल किनेर लैजानेगरेको स्थानीय वासिन्दाको भनाई छ । यस क्षेत्रका बासिन्दाको उत्पादित दुध, तरकारी र फलफूल बजारसम्मको पहुँच पुलले पु¥याई दिएपछि खुसी छाएको भट्टराईले बताउनुभयो ।

ज्यालामजदुरी गर्नेहरूले तरकारी खेती गर्ने गाई भैसी पालेर दूध बिक्री गर्न थालेको र आवात जावतमा सहज भएको आँबुखैरेनी गाउँपालिका १ का अध्यक्ष किसन थापाले बताउनुभयो । ‘पुल नहुँदा वर्षौंसम्म सास्ती खेपेका वासिन्दाले एक घण्टा पैदल हिडेर पुग्नुपर्ने ठाउँमा अव दुई मिनेटमा नै पुग्न सक्ने भएका छन्’ थापाले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग एक करोड ३० लाखमा पुल निर्माण भएको पुल निर्माण समितिका अध्यक्ष ईश्वरबाबु गौलीले जानकारी दिनुभयो । खुदी खोलाको खोल्सा वारीपारी रहेका यी दुई गाउँवीच मेलापात र लेनदेन हुदै आए पनि आवतजावत गर्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता पुल बनेपछि हटेको उहाँले जानकारी दिनुभयो ।

तरकारी उत्पादनको पकेटक्षेत्रको रुपमा मानिएको समस्तीपुरका कृषक यसअघि बरादी बजारसम्म उत्पादन ढुवानीका लागि समस्या खेप्दै आएकोमा पुल बनेपछि सहज भएको गौलीले बताउनुभयो । अध्यक्ष गौलीले देशका विभिन्न स्थानबाट आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या विदाको दिन चार सयमाथि पुग्ने बताउनुभयो ।

ग्रामिण क्षेत्रको रुपमा रहेको यहाँ पर्यटकको चाप बढ्न थालेसँगै स्थानीयले होटल व्यवसाय गरेर राम्रो आम्दानी समेत गरेका छन् । यहाँ अहिले वारिपारी गरी पाँच वटा होटल सञ्चालनमा आएका छन् । यो पुल पर्वत कुस्मामा रहेको पुलको उचाईभन्दा एक सय ९ मिटर अग्लो र मनाङको नासो गाउँपालिकास्थित ड्रोनाखोलाको पुलभन्दा एकसय ३७ मिटर कम उचाईमा रहेको पुल निर्माण समितिले जनाएको छ । नेपालमा सवैभन्दा अग्लो पुल मनाङको नाचेगाउँ र थोचेँगाउँ जोड्न पुल हो । यो पुलको उचाई सतहबाट चारसय १२ मिटर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?