logo
२०८१ बैशाख २५ मंगलवार



वन्यजन्तुमैत्री विकास निर्माणमा जोड दिन आग्रह

खुला |
प्रदेश |


वन्यजन्तुमैत्री विकास निर्माणमा जोड दिन आग्रह


शालिग्राम नेपाल
चितवन, माघ २३ गते । वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखेर मात्र विकास निर्माणको काम गर्नुपर्नेमा सरोकारवालाले ध्यानाकर्षण गराएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा आयोजना गरेको वन्यजन्तु संरक्षण र विकास कार्यक्रममा सम्वन्धित सरोकारवालाले वन्यजन्त संरक्षणमा ध्यान दिएर मात्र विकास गर्न जोड दिएका हुन् ।

प्राकृति संरक्षण कोष सौराहाका प्रमुख डाक्टर बाबुराम लामिछानेले विगत पाँच वर्षमा नेपालमा दुर्घटनामा परेर दुई हजार ३८४ वटा वन्यजन्तु मरेको जानकारी दिनुभयो । नेपालको मुख्य निकुञ्ज आरक्षण क्षेत्रमा राजमार्ग भएकाले यसबाट वन्यजन्तु मर्नेक्रम वृद्धि भएको बताउनुभयो ।

उहाँकाअनुसार सडकमा सवारी साधन र सडकको कारणले एक वर्षमा ६१४ वटा वन्यजन्तु मरेका छन् । तीमध्ये चितवनमा मात्रै १४६ वटा मरेका छन् । उहाँले भन्नुभयो “यस तथ्याङकले सवारी साधनबाट संरक्षित जन्तुको मत्यु भएको देखाउँछ । हामीले विकास पूर्वाधार निर्माण ंगर्दा वन्यजन्तुमैत्री बनाउनुपर्छ ।”

नीति निर्माण गर्ने निकायले यसलाई ध्यान दिनु्पर्छ । उहाँकाअनुसार छिमेकी देश भारतमा संरक्षित क्षेत्रमा सडक निर्माण गर्दा १० किलोमीटर सडकमा १ किलोमीटर लामो अन्डरपास बनाउनु पर्ने नियम छ । अदालतले नै यस्तो नियम राख्न फैसला गरेको छ । अन्य देशहरुमा पनि यसै प्रकारको निर्माण भएको छ उहाँले भन्नुभयो ।

मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश ढुंगानाले वन्यजन्तु मर्दा सामान्य जनावर मरेजस्तो व्यवहार कसैले पनि गर्न नहुने बताउनुभयो । भर्खरै सडक निर्माणका क्रममा खाल्डोमा परेर गैंडा मरेको छ । त्यसलाई कुनैपनि निकायले सामान्य लिन हुदैन उहाँले भन्नुभयो ।

नेकपा (एमाले) जिल्ला अध्यक्ष पार्वती रावलले चितवनको पहिचान गैंडा, बाघ वन्यजन्तु भएकाले संरक्षणलाई ध्यान दिन सवै पक्षलाई अनुरोध गर्नुभयो । जुनसुकै विकासका काम गर्दा वन्यजन्तु मैत्री निर्माण र काम गर्दा सुरक्षा अपनाएर काम गर्न सुझाव दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले पूर्व पश्चिम राजमार्गले निकुञ्जको धेरै क्षेत्र छोएकाले यहाँ सडक दुर्घटनामा वन्यजन्तु मर्नेक्रम वृद्धि भएको बताउनुभयो । अण्डरपास नभएकाले निकुञ्ज भएर जाने सडकमा टाइम कार्डको व्यवस्था गर्नसके मृत्युदर घटाउन सकिने बताउनुभयो ।

निर्माण व्ययसारी चितवनका अध्यक्ष बाबुराम कंडेलले व्यवसायीलाई काम गर्ने वातावरण निर्माण गर्न अनुरोध गर्नुभयो । निर्माण व्यवसायीलाई अपराधीजस्तो पक्राउपुर्जी जारी गरेकोप्रति आपत्ती जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?