logo
२०८१ जेष्ठ ४ शुक्रवार



बिजुलीकाे खम्बाबाट खसेर कर्मचारीको मृत्यु

खुला |
प्रदेश |


बिजुलीकाे खम्बाबाट खसेर कर्मचारीको मृत्यु


चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २४ गते । ताप्लेजुङमा बिजुलीकाे खम्बाबाट खसेर सोमबार एक कर्मचारीको मृत्यु भएको छ । खम्बामा चढेर बिजुली बनाउने क्रममा खम्बाबाट झरेर नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङ्लिङ नगरपालिका –४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू रहनुभएको छ ।

लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा खम्बाबाट खसेर पक्की सडकमा बजारिनुभएको थियो । खम्बाबाट खसेर गम्भीर घाइते हुनुभएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि अस्पताल पु¥याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?