logo
२०८१ मंसिर १३ बिहीवार



चुनढुङ्गा उत्खननले पानीको मुहानमा असर

खुला |
प्रदेश |


चुनढुङ्गा उत्खननले पानीको मुहानमा असर


गोकर्ण पौडेल
तुलसीपुर, माघ २४ गते । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ गोदेरिचे क्षेत्रमा चुनढुङ्गा उत्खनन हुन थालेपछि पानीका मुहानमा असर पुगेको छ । तुलसीपुर १९ छिल्लीकोट क्षेत्रमा पानी आउने मुहान क्षेत्र अहिले सुकेको छ । पानी सुक्नुको एउटै कारण हो मुहान क्षेत्रमा सडक बनाइयो ।

नजिकैबाट दिनहुँ सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ चुनढुङ्गा निकालिन्छ । तुलसीपुर उपममहानगरपालिक १६, १७, १८ र १९ मा त्यस क्षेत्रको मुहानको पानी वितरण गरिदैआएको छ । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतमले पानीको स्रोत नै चुनढुङ्गा भएको त्यही जथाभावी रुपमा निकाल्दा पानीको हाहाकार बढ्ने खतरा बढ्दैगएको बताउनुभयो ।

चुनढुङ्गा उत्खनन्का लागि सडक निर्माणका क्रममा कतिपय मुहान नै पुरिएका छन् भने वर्षायाममा आउने भेल लेदो भएर राज्यको करोडौं लगानीमा निर्माण गरिएका संरचना प्रयोगविहीन अवस्थामा छन् । संस्थाका अध्यक्ष प्रदीप गौतमले बेलझुण्डी खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले एक करोड ३९ लाखको लागतमा २०६९ सालमा निर्माण गरेको पानी शुद्वीकरण ट्याङ्की लेदो जमेर प्रयोगविहीन अवस्थामा पुगेको बताउनुभयो ।

संस्थाले तुलसीपुर उपमहानगरपालिका १६, १७, १८ र १९ नम्बर वडामा १२ सय बढी धारा वितरण गरेको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ को बगाले र रिप्ले मुहान क्षेत्रमा खानीले प्रत्यक्ष असर पु¥याउने छ । मुहानदेखि करिब दुई किलोमिटर उत्तरतर्फबाट चुनढुङ्गा निकाल्न थालिएको छ ।

२०२७ सालदेखि तुलसीपुर खानेपानी संस्थाले वडा ३ मा रहेको राम्रीक्षेत्र र वडा ४ को मूलकोट मुहान क्षेत्र वरिपरि सुनगाभा माइनिङ्ग प्रालिले चुनढुङ्गा उत्खनन् गरिरहेको छ । तुलसीपुर उपमहानगरपालिका ३, ४, ५, ६, ७, ८, ९ र १२ मा खानेपानी वितरण गर्दैआएको संस्थाले तत्काल उत्खनन कार्य रोक्न खानी विभागलाई पत्राचार गरेको छ ।

संस्थाका पूर्व अध्यक्ष खेमराज वलीले एक लाखभन्दा बढी उपभोक्ताको खानेपानीसँग जोडिएको विषय भएकाले उत्खनन गर्न दिनु आफ्नै खुट्टामा बन्चरो हान्नुसरह भएको बताउनुभयो । त्यस क्षेत्रमा खानी उत्खनन् भएसँगै तुलसीपुर, झाक्री ढुङ्गा र हलवार क्षेत्रको खानेपानीका मुहान सुकेर पानी वितरणमा दीर्घकालीन रुपमा समस्या आउने वलीले बताउनुभयो ।

संस्थाका उपाध्यक्ष सीताराम शर्माले कुनै पनि हालतमा मुहान क्षेत्र वरिपरि चुनढुङ्गा उत्खनन गर्न नदिने बताउनुभयो । शर्माले विगतमा समेत पटक पटक सम्बन्धित निकायलाई जानकारी गराइएको र तुलसीपुर क्षेत्रको भविष्यसँग जोडिएकाले यस विषयमा सबैको चासो हुनुपर्ने शर्माले बताउनुभयो ।

संस्थाले खानी तथा भूगर्भ विभागलाई चुनढुङ्गा उत्खनन् अनुमतिपत्र प्रदान नगर्न २०७८ असोज ५ गतेको मितिमा पत्राचार गरेको थियो । तुलसीपुर उपमहानगरपालिका ३ र ४ का मूलकोट, राम्री, धैरेनी, पहरे, छरछरे, बाख्रे, चिसापानीलगायतका मुहानमा प्रत्यक्ष असर पर्ने भएकाले अनुमति नदिनका लागि पटक पटक आग्रह गरिएको उपाध्यक्ष शर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?