logo
२०८१ बैशाख २४ सोमवार



एउटै औँलाले हल्लाउन सकिने बडेमानको ढुङगो

खुला |
प्रदेश |


एउटै औँलाले हल्लाउन सकिने बडेमानको ढुङगो


बाबुराम शर्मा
भेड्पू (दोलखा), माघ २४ गते । पत्यानुहोस् नपत्याउनुहोस्, दोलखाको मेलुङ गाँपालिका –४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमानको ढुङगो छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्छन् । तर लड्दैनन् । औंलाले हल्लाउन सकिने भएपछि त्यसको नामै ‘हल्लिने ढुङगा’ रहेको छ ।

यसलाई बूढापाकाहरुले दैविक शक्ति मान्छन् । कतिले अहिलेका प्राकृतिक चमत्कार पनि मान्छन् । त्यसको पीढमा पनि बडेमानको अर्को ढुङगो छ । तल्लो माटोको भागमा गाडिएको छ भने माथिको ढुंगो त्यसमाथि अडिएको छ । तल्लोको चुचो माथिल्लोको करिब डेढ फुट खोपुवामा मिलेर बसेको छ । त्यसकारण यो मज्जाले हल्लिन्छ तर खोपुवा भएकाले यताउति हुँदैन । सन्तुलन रहेकाले आप्mनै घाटमा चलिरहन्छ ।

ढुंगाको नजिक कोइराला बोट, गैराटोल बस्ती छन् । गाउँको बुद्धचोकबाट पन्ध्र बीस मिनेटको पैदल पुगिन्छ । गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठकाअनुसार अचम्मको र मनोन्जनात्मक हल्लिने ढुङगा प्रचार प्रसारको कमीले छायाँमा परेको छ । देश संघीयतामा जाँदा यस्ता प्राकृतिक सभ्यताको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।

प्रथमतः विकासको पूर्वाधार मानिने सडक सञ्जाल त्यहाँसम्म पुगाएका छौं, उहाँले भन्नुभयो, “संरक्षण कोष खडागरी यसको संरक्षण सम्वद्र्धन गर्दै आम्दानीको स्रोत पनि बनाउने ौँ । मनमोहक सैलुङडाँडालाई पर्यटकमैत्री बनाए लगत्तै यसको पनि महत्व बढ्ने अपेक्षा गरेका छौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?