logo
२०८१ मंसिर १३ बिहीवार



चिसो र शितलहरबाट पीडित नेटुवा समुदायलाई सहयोग प्रदान

खुला |
प्रदेश |


चिसो र शितलहरबाट पीडित नेटुवा समुदायलाई सहयोग प्रदान


नारद कोहार
तौलिहवा, माघ २४ गते । बढ्दो चिसो र शितलहरबाट पीडित कपिलबस्तुका नेटुवा समुदायलाई राहत सामग्री प्रदान गरिएको छ । सो सामग्री जिल्ला विपद् व्यवस्थापन समितिद्वारा प्रदान गरिएको हो । जिल्लाको शुद्धोधन गाँउपालिका र मायादेवी गाँउपालिकामा बसोबास गर्ने ५२ जना घर परिवारलाई जुत्ता, ज्याकेट, ट्राउजर, महिलाको कपडा लगायत न्यानो लुगा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो । चिसोले नेटुवा समुदायको दैनिकीमा समस्या परेको गुनासो रहँदैआएको थियो । आर्थिक रुपमा कमजोर भएकोले सो सामग्री वितरण गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।

गाँउपालिकाभित्र रहेका ३२ जना नेटुवाको घरपरिवारका बच्चालाई शिक्षामा सहयोग गर्ने उद्देश्यले प्रतिबच्चालाई पाँच सय रुपियाँ प्रतिमहिना रकम दिदैआएको शुद्धोधन गाँउपालिकाका निसार अहमद खाँले बताउनुभयो । उहाँले भन्नुभयो “गाँउपालिकाबाट अध्ययन गर्ने प्रत्येक नेटुवाको बच्चा झोला, टिफिनबक्स, कपि कलम लगायतका शैक्षिक सामग्री दिदैआएको अध्यक्ष खाँले बताउनुभयो ।

शुद्धोधन गाँउपालिका १ प्रगतिनगरका गुंगे नेटुवाले भन्नुभयो, “हामी नेटुवा जाती भिक्षा मागेर ल्याएपछि खान्छौ ।’ पथ्थरकट्टाले मासिक भत्ता पाइरहे पनि आफूहरू त्यसबाट वञ्चित रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई सरकारले भत्ता दियो भने हामीलाई बालबच्चा पालन पोषण र शिक्षा प्रदान गर्न सजिलो हुनेथियो उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?