logo
२०८१ जेष्ठ २ बुधवार



जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सुचारु

खुला |
प्रदेश |


जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सुचारु


राजन रावत
हुम्ला माघ २४ गते । एक हप्ता अघिदेखि बन्द गरिएका जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सोमवारदेखि सुचारु गरिएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना लागेको एक हप्ता पुरा भएर उहाँ कोरोना मुक्त भएपछि कार्यालयले सेवा सुचारु गरेको हो ।

निमित्त प्रजिअ राईले सोमवारबाट सबै सेवा कार्यालयमा सुचारु भएको बताउनुभयो । कोरोनामुक्त भएको र तोकिएको आइसोलेशन बस्ने अबधि सकिएपछि कार्यालय सुचारु गरिएको उहाँले बताउनुभयो । कार्यालयले सेवा सुचारु गरेपछि सेवाग्राहीलाई सहज भएको छ ।

कार्यालयले नयाँ नागरिकता प्रदान गर्न, प्रतिलिपि दिन, अन्य सिफारिस दिन सुरु गरेको छ । सेवाग्राही आउनेक्रम जारी रहेको कार्यालयले जनाएको छ । सेवा सुचारु गरिएको भए पनि सेवाग्राहीले अनिवार्य मास्क प्रयोग, सेवा लिंदा खोप कार्य र सामाजिक दुरी कायम गरिएको हुनु पर्नेछ । कोरोनाका कारण कार्यालयले सेवा एक हप्ता लामो समय बन्द गर्दा सेवाग्राही मर्कामा पर्नुभएको थियो ।

माघ १७ गते उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको थियो । यो अबधिमा सबैलाई कार्यालयमा प्रबेश निषेध गरिएको थियो । त्यस्तै, निमित्त प्रजिअलाई कोरोना पुष्टि भएपछि जिल्लामा सुरक्षा समिति र जिल्ला कोरोना व्यवस्थापन समितिको बैठक बस्न नसकेकोमा अब बस्न सक्नेछ । यता कर्मचारीले खाद्यान्न कोटा लिन प्रशासन कार्यालयको तोक अनिवार्य गरिएको कारण सो समेत लिन सहज भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?