logo
२०८१ मंसिर ७ शुक्रवार



जग्गा दान गर्ने पाँच दाजुभाइ सम्मानित

खुला |
प्रदेश |


जग्गा दान गर्ने पाँच दाजुभाइ सम्मानित


जीबछ यादव
लहान, माघ २४ गते । सखुवानन्कारकटि गाँउपालिकामा १० शैयाका आधारभूत अस्पताल निर्माणको लागि एक करोड मूल्य बराबरको १० कठा जग्गा दान गर्ने पाँच दाजुभाइ लाई सखुवा नन्कारकटि गाँउपालिकाले दोसल्ला ओढाई सम्मान गरेको छ ।

आमा शङकरियादेवी यादव, पिता पतासी यादव र काका फुसयाही यादवका सम्झनाका लागि एक करोड मूल्य बराबरको जग्गा दान गरेको रामप्रसाद यादवले बताउनुभयो । जग्गा दान गरेपछि सखुवानन्कारकटि गाँउपालिकाले दोसल्लार र सम्मानपत्रसहित सम्मान गरेको उहाँले बताउनुभयो । पाँच जना दाजुभाइ सम्मानबाट खुसी भएका छौं, उहाँले भन्नुभयो ।

सखुवानन्कारकटि गाँउपालिकामा आधारभूत अस्पताल नभएकाले अस्पताल निर्माणका लागि जग्गा दान गर्ने दोरिक यादव, बद्री नारायण यादव, रामप्रसाद यादव, रामविलास यादव र रामकुमार यादवको योगदानको कदर गरी सम्मान गरेको गाँउपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो ।
१० शैयाको अस्पताल निर्माणका लागि संघीय प्रदेश सरकारसँग आवश्यक बजेटको लागि पहल थालिसकेको उहाँले जानकारी दिनुभयो । अस्पताल नभएपछि स्थानीयलाई उपचारका लागि १० किलोमिटर टाढा लहान जानुपर्ने बाध्यता रहेकाले अस्पताल निर्माणपछि ग्रामीण भेगका जनतालाई राहत हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?