logo
२०८१ जेष्ठ २ बुधवार



सुनौला हजार दिनका आमाहरुलाई पोषण सामग्री वितरण

खुला |
प्रदेश |


सुनौला हजार दिनका आमाहरुलाई पोषण सामग्री वितरण


कमल शर्मा
दैलेख, माघ २४ गते । बिपन्न सुनौला हजार दिनका आमालाई गर्भावस्था, परिवार नियोजन, कोरोना महामारी, र पोषणसम्बन्धी अभिमुखीकरणसँगै पोषण सामग्री बितरण गरिएको छ । महावु गाउँपालिकाका ६ वटै वडामा २५ जना बिपन्न सुनौला हजार दिनका आमालाई सचेतनासँगै सामग्री वितबरण गरिएको महावु गाउँपालिकाले जनाएको छ ।

महावु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेशकुमार दशौदीले बहुक्षेत्रीय पोषण कार्यक्रममार्फत समुदायमा आर्थिक रुपमा विपन्न सुनौला हजार दिनका आमाहरुलाई गर्भवस्था, सुत्केरी, परिवार नियोजन, पोषण, कोरोनाबाट बच्न उपायसँगै पोषण सामग्री वितरण गरिएको बताउनुभयो ।

प्रत्येक सुनौला हजार दिनका आमालाई एक लिटर तेल, तीन केजी चना, दुई केजी दाल, तीन प्याकेट नुन, चार वटा सावुन वितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रम मार्फत दुई सय ८० जना महिलालाई पोषण कोशेली दिन लागिएको उहाँले जानकारी दिनुभयो ।

आर्थिक रुपमा कमजोर भएका सुनौला हजार दिनका महिलालाई पोाषणसम्बन्धी जानकारी दिने र त्यही अनुसारको बानी ब्यबहारमा परिवर्तन ल्याउन कार्यक्रम सञ्चालन गरेको उहाँको भनाई छ । गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाले सुनौला हजार दिनका आमालाई पोािषलो खानाका लागि घरमा आवश्यक पर्ने पोषण सामग्री उत्पादन गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न आमाका घरमा पुगेर सल्लाह दिनेगरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?