logo
२०८१ मंसिर १० सोमवार



हिउँले कठाङ्ग्रिएर मृगको मृत्यु

खुला |
प्रदेश |


हिउँले कठाङ्ग्रिएर मृगको मृत्यु


नवीन शिशिर विक
बागलुङ, माघ २४ गते । बागलुङ ढोरपाटन शिकार आरक्षमा हिउँले कठाँग्रीएर रतुवा मृगको निधन भएको छ । माथिल्लो बुकी तथा जंगल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको बताइएको छ ।

ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जंगलमा मृग हिउँले पुरिएको थियो । उद्धार गरेर उपचार गर्नेक्रममा मृग मरेको ढोरपाटन शिकार आरक्ष केन्द्रका रेन्जर सुपुष्प रेग्मीले जानकारी दिनुभयो । हिउँमा फसेको अवस्थामा कुकुरले मृग फेला पारेका थिए । मृगलाई खाडलमा पुरिएको रेग्मीले बताउनुभयो ।

शिकार आरक्षको बुकी क्षेत्रमा बाक्लो हिउँ पर्ने हुँदा माथिल्लो क्षेत्रमा रहने जंगली जनावर जाडो छल्न ढोरपाटन उपत्यकाको क्षेत्र झर्छन । तल्लो क्षेत्रमा झरेकाबेला बाक्लो हिउँ पर्दा जंगली जनावर चिसोको कारण मर्नेगरेको आरक्षका कर्मचारीको भनाई छ । लामो समय हिउँ नपग्लिएपछि कतिपय जनावर भोकका कारण पनि मर्नेगरेका छन् ।

अत्यधिक हिमपात र चिसोले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित बनेको छ । शिकार आरक्ष जाने बुर्तिवाङ–ढोरपाटन शिकार आरक्ष केन्द्र सडकखण्डको सुप्राङदेखि ढोरपाटन उपत्यकासम्मको खण्ड पूर्णरुपले अवरुद्ध छ । यातायात सञ्चालन पूर्ण अवरुद्ध भएको रेन्जर रेग्मीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?