logo
२०८१ मंसिर १२ बुधवार



कालीमाटीदेखि बालाजुसम्म हरियाली पार्क

खुला |


कालीमाटीदेखि बालाजुसम्म हरियाली पार्क


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २५ गते । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदीकिनारामा हरियाली पार्क बनाइने भएको छ । करिडोरमा रहेको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार काठमाडौँ महानगरपालिकाले पार्क बनाउन लागेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पार्कको सोमबार शिलान्यास गर्नुभएको छ ।

पहिलो चरणमा दुई रोपनी आठ आना तीन पैसा जमिनमा पार्क निर्माण हुँदै छ । पार्कको लागत एक करोड २२ लाख रुपियाँ छ । कार्यक्रममा प्रमुख शाक्यले प्राचीन इतिहास बोकेको काठमाडाैं सहर सहरी विकासको क्रमसँगै बिग्रिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

आफू निर्वाचित भएर आएदेखि सहरको मौलिकता जोगाउन तथा ठाउँ, समय र परिवेशका आधारमा आधुनिकताको उपयोगबाट सुधार गर्न प्रतिबद्ध भएर काम गरिरहेको उहाँले बताउनुभयो । महानगरपालिका वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले विष्णुमती नदीमा माछा हुर्कन सक्नेगरी पानी शुद्ध बनाइने प्रतिबद्धता जनाउनुभयो । पूर्वमन्त्री सुुशीलकुमार श्रेष्ठले खुसिबु टाउन प्लानिङ सहरी विकासको सिकाइ भएको बताउँदै यसलाई नदी सभ्यतासँग जोड्न महानगरले अघि सारेको योजनाको प्रशंसा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?