logo
२०८१ मंसिर १२ बुधवार



बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

खुला |


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, माघ २५ गते । बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–३ धनेश्वर बस्ने नुवाकोट विदुर नगरपालिका–११ स्थायी घर भएकी ४१ वर्षीया अम्बिका बुढाथोकी पक्राउ परेकी हुन् ।

बैङ्किङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७८ कात्तिक २३ गतेको फैसलाले १७ लाख ४२ हजार ८ सय ७७ रुपियाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट मंगलबार फेला पारी पक्राउ गरेको हो ।

उनहाँले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालय धनेश्वर काठमाडौंमा रहेको उहाँको खाताबाट रकम भुक्तान हुनेगरी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?