logo
२०८१ मंसिर ७ शुक्रवार



चोरीका मोटरसाइकल सम्वन्धित धनीलाई फिर्ता

खुला |
प्रदेश |


चोरीका मोटरसाइकल सम्वन्धित धनीलाई फिर्ता


जनार्जन खत्री
सर्लाही, माघ २६ गते । सर्लाहीको हरिवनमा रहेको इलाका प्रहरी कार्यालयले बरामद गरेको चोरीको मोटरसाइकल सम्वन्धित धनीलाई फिर्ता गरेको छ । चोरी भएका ६ वटा मोटरसाइकल बरामद गरेर बुधबार बिहान सम्वन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।

प्रदेश ३–०२–००१ प २१८८, बागमती प्रदेश ३–०३–००१ प ४०२०, ना ५७ प ३८४०, बागमती प्रदेश ०२–०२७ प २६२९, बा ९० प १०६३ र प्रदेश ३–०२–०२ प ४८८६ नम्बरको मोटरसाइकल बरामद गरेर सम्वन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ । ६ वटै मोटरसाइकल चोरी गरेपश्चात् नक्कली नम्वर प्लेट हालेर चलाएको पाइएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।

बरामद गरिएको मोटरसाइकलमध्ये तीनवटा २२० र तीनवटा २०० सीसीको बजाज कम्पनिको पल्सर मोटरसाइकल हुन् । इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्र अन्तर्गत पर्ने विभिन्न स्थानमा नियमित चेकजाँचका क्रममा चालकले छाडेर गएको मोटरसाइकलहरु बरामद भएको प्रहरीले जनाएको छ ।

चेकजाँच गर्दा चालकहरु कागजात लिएर आउँछु भनी गएका तर फर्किएर नआएपछि अनुसन्धान गर्दै जाँदा चोरीको मोटरसाइकल रहेको खुलेको प्रहरीले जनाएको छ । हरिवन प्रहरीले यसअघि गएको मङ्सिर २८ गते पनि चोरीका ६ वटा मोटरसाइकल बरामद गरेर सम्वन्धित धनीलाई फिर्ता गरेको थियो ।

पछिल्लो समय सर्लाहीमा मोटरसाइकल चोरीका घटना बढेका छन् । सस्तो मूल्यमा चोरीको मोटरसाइकल किनेर चढ्नेक्रम पनि बढ्दो छ । यही माघ २२ गते इलाका प्रहरी कार्यालय लालबन्दीले चोरीको मोटरसाइकलसहित हरिपुर नगरपालिका–७ चिताइनबाट वर्कशपका सञ्चालकलाई पक्राउ गरेको थियो । त्यस्तै, माघ १७ गते लालबन्दीबाट मोटरसाइकल चोरी गर्ने दुई जना र चोरी गरेको मोटरसाइकल किनेर चढ्ने एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?