logo
२०८१ मंसिर ७ शुक्रवार



नदेखिएको बारपाक दलित बस्तीको पीडा

खुला |
प्रदेश |


नदेखिएको बारपाक दलित बस्तीको पीडा


नरेन्द्र ढकाल
गोरखा, माघ २६ गते । भूकम्प गएको ६ वर्ष बित्न लाग्यो । पुनर्निर्माणको अधिकांश काम सकिएको भन्दै प्राधिकरणको कार्यालय पनि खारेज भइसकेको छ । भूकम्पले भत्काएकामध्ये जिल्लाका ६५ हजारभन्दा बढी घर निर्माण सम्पन्न भइसकेका छन् । निर्माणको प्रक्रियामा रहेका केही घरहरु स्थानीय तहको समन्वयमा शहरी आवास तथा भवन डिभिजन कार्यालय मार्फत निर्माण भइरहेको छ ।

पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपनि बारपाकको दलित बस्तीको अबस्था दयनीय छ । सरकारले हामीलाई हेरेन स्थानीय अगुवा सुकबहादुर बिकले भन्नुभयो, “हाम्रो माग कुनै सरकारले सुनेन खै के गर्ने हो ?” भूकम्प अघि बारपाक गाउँसगै ८ रोपनी ५ आना क्षेत्रफलमा फैलिएको एउटा सुन्दर बस्ती थियो । स्थानीयहरु त्यसलाई गैरीगाउँ भन्थे । ३२ घरधुरी दलित समूदायको बसोबास रहेको सो बस्ती भूकम्पले तहसनह बनायो ।

वस्ती मासिएपछि स्थानीयहरु सरकारी जमिनमा आश्रय लिए । जोखिमयुक्त ठाउँमा नजाने अडानकासाथ अहिलेसम्म कृषिसेवा केन्द्र, पशुसेवा केन्द्र र रेन्जपोष्ट रहेको आरसीयुपीको जग्गामा अस्थायी टहरो बनाएर बसिरहेका छन् । स्थानीय उत्तम बिकले भन्नुभयो, ‘यत्रो वर्ष भइसक्यो टहरामा हाम्रो त बिचल्ली नै भइसक्यो ।’

भुर्गविदहरुले असुरिक्षत ठह¥याएको उक्त ठाउँका स्थानीयलाई अन्यत्र सारेर त्यहाँ भूकम्प स्मृति खुल्ला संग्रहालय बनाउने निर्णय भएको थियो । तर केही स्थानीयले जग्गा नदिने बताएपछि संग्रहालय बन्न सकेन । संग्रहालय नबने पनि सरकारी जग्गासँग साटेफर गरी अहिल भएको ठाउँमा नै घर बनाउन पाउनुपर्ने माग स्थानीयको छ । ‘म झण्डै ५० पटक सिंहदरबार धाइसकें, मन्त्रालयहरुले समेत जग्गा सट्टीखट्टी दिन सहमती दिइसको छन्, स्थानीय अगुवा सुकबहादुर बिकले भन्नुभयो ।

सबै पक्रिय पुरा भइसके पनि सरकारी जग्गा उपलब्ध नगराउँदा समस्या भएको हो । जसकाकारण स्थानीय अहिलेसम्म घर बनाउन पाएका छैनन् । अधिकांशले अनुदानको पहिलो किस्ता पनि नबुझेको उहाँहरुको भनाई छ । बारपाकको दलित बस्तीको समस्या समाधान नहुनमा राजनीतिक कारण रहेको् सरोकारवालाहरुको भनाई छ ।

पहिले सबै माओवादी थिए गाउँपालिका पनि सहयोग गर्थो,’ स्थानीय अमृत गुरुङले भन्नुभयो ।

गाउँका सबैले घर बनाएर सुरिक्षत स्थानमा सरिसके पनि दलित बस्तीका स्थानीहरु भने दुःख कष्ट भोग्न बाध्य छन् । ‘वर्खामा पानी चुहिन्छ भाँडा थाप्यो बस्यो’ स्थानीय धनकुमारी बिकले भन्नुभयो ‘जाडोमा शित पर्छ, हिउँ आउँछ सुत्नै सकिदैन् ।’ बालबालिका र वृद्ध वृद्धालाई जोगाउनै समस्या भएको उहाँले बताउनुभयो ।

जिल्लामा भूकम्प पछिको पुनर्निर्माणको काम अन्तिममा पुगिसकेको छ । घर आवश्यक भएका अधिकांश बनाइसकेका छन् । केही छुटेका र प्रक्रियामा ढिला समेटिएका व्यक्तिहरु मात्र अहिले घर बनाउने क्रममा छन् । जिल्लामा भूकम्पले भत्किएका ६५ हजारभन्दा बढी घर निर्माण भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?