जीबछ यादव
लहान, माघ २६ गते । धनगडीमाइ नगरपालिका –१३ भोर्लेनीम खानेपानीको समस्या समाधान भएपछि स्थानियहरु खुसी भएका छन् । धनगडीमाइ नगरपालिकाको उत्तरी चुरे छेउमा रहेको भोर्लेनीका १२५ घर दलित समुदायहरुले वर्षौदेखि भोग्दैआएको खानेपानी समस्या समाधान भएको छ ।
संघीय साँसद सुरेशभन्द्र यादवले खोनेपानीको लागि बोरिङग गाडेर पानी ट्याङकी घर–घरमा धारा जडान गरेर पुर्याउनु भएपछि खानेपानीको समस्या समाधान भएको स्थानीय लखन रामले बताउनुभयो । उहाँकोअनुसार यस भोर्लेनी गाँउका दलित समुदायहरु चार किलोमिटर उत्तर खोलाबाट पानी लिएर खानुपर्ने अवस्था थियो । खानेपानी समस्याले भोर्लेनी गाउँमा बिवाह गर्न पनि अन्य गाउँका मानिसहरु डराउँथे । यस क्षेत्रबाट निर्वाचित संघीय सांसद सुरेशचन्द्र दासले चुनावमा गरेको प्रतिवद्धता पूरा गरेपछि दलित बस्तीको खानेपानी समस्या टरेको छ ।
सिरहा –२ कासंघीय सांसद सुरेशचन्द्र दास यादवले उत्तरीभेगमा रहेको खानेपानीको समस्या समाधानका लागि चुनावमा गरेको प्रतिवद्धता पुरा गर्दै स्थानीयहरुको मागअनुसार सिंचाइको लागि समेत बोरिङग गाड्न प्रदेश र स्थानीय नगरपालिकासँग समन्वय गरेर योजना ल्याउने विश्वास दिलाउनुभयो ।
गाँउ नै गाँउले भरिएको धनगडीमाइ नगरपालिकाको उत्तरी भेगमा रहेको वडा १२, १३ र १४ मा तत्काल रहेको खानेपानीको समस्या समाधान गरेर सिंचाईको लागि संघ र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न आधार खाडा गरेको नगरपालिका प्रमुख हरिनारायण चौधरीले बताउनुभयो । उत्तरी भेग पर्यटन र कृषिको केन्द्र बनाउन नगरपालिकाले आधार निर्माण गर्न सडक पुर्याइ अन्य विकासका योजनाहरु अघि बढाइरहेको बताउनुभयो ।