logo
२०८१ जेष्ठ ४ शुक्रवार



विपन्न बालबालिकालाई स्वीटर प्रदान

खुला |
प्रदेश |


विपन्न बालबालिकालाई स्वीटर प्रदान


जयकृष्ण यादव
इनरुवा, माघ २६ गते । सुनसरी सदरमुकाम इनरुवामा विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरिएको छ । इनरुवा –७ सीताघाटमा शुभारम्भ मासिकद्वारा आयोजित कार्यक्रममा हनुमान चालिसा गाउँदै विपन्न विद्यार्थीलाई स्वीटर प्रदान गरिएको हो ।

विद्यार्थीलाई स्वीटर वितरण, मुण्दडा माहेश्वरी मारवाडी बिराटनगरको प्रायोजनमा ५० जना बालबालिकालाई शुभारम्भ मासिक पत्रिकाको अगुवाइमा वितरण गरिएको हो । इनरुवा –७ सीताघाटमा नेपाल विद्यार्थी सघङका महामन्त्री कपलेश्वर यादव, समाजसेवी जीवन बिष्ट, शिक्षक लाबण्य निरौला, सुरेश मुडियारी, विजय ठाकुर, वडा सदस्यहरुको उपस्थितिमा स्वीटर वितरण गरिएको शुभारम्भ मासिकका प्रशासक सम्पादक दिनेशसिम्पाने पोखरेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?