logo
२०८१ जेष्ठ ४ शुक्रवार



झापामा ६ लाख ६० हजार मतदाता

खुला |
प्रदेश |


झापामा ६ लाख ६० हजार मतदाता


लीलाराज झापाली
बिर्तामोड, माघ २६ गते । झापामा मतदाता सङ््ख्या ६ लाख ६० हजार ८१९ जना रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा यस पटक ५१ हजारभन्दा बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो ।

मतदाता नामावली संकलनबाट जिल्लामा ५१ हजार ४४५ जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालया झापाले जनाएको छ । मतदाता नामावली संकलनबाट त्यति संख्यामा मतदाता थपिए पनि अद्यावधिक हुन बाँकी रहेको छ । जिल्लामा २०७७ पुष ५ गतेसम्म ६ लाख ९ हजार ३७४ जना मतदाता रहेका थिए । नयाँ थपिएसंगै अब जिल्लाको कूल मतदाता संख्या ६ लाख ६० हजार ८१९ पुगेको छ ।

त्यसमध्ये ६१९ जना झापा छोडेर अन्य जिल्ला गइसकेका छन् । मतदाता नामावली संकलनबाट संकलित मतदाताको संख्या मात्र अहिले निकालिएको र ती मतदातालाई अद्यावधिक गर्न बाँकी रहेको निर्वाचन कार्यालयका प्रमुख नेपालले जानकारी दिनुभयो ।

थपिएका मतदाता र वाँकी मतदाता नामावलीलाई प्रत्येक पालिकामा पठाइने र सुचना र दावी विरोधपछि अन्तिम नामवली अबको एक महिनाभित्रै सार्वजनिक गरिने समेत निर्वाचन प्रमुख नेपालले बताउनुभयो । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मंगलवारबाट मतदाता नामावली संकलन स्थगित गरेको छ ।

मतदाता संख्या बढेसंगै झापामा मतदान केन्द्र पनि बढ्ने भएको छ । जिल्लामा हाल २८६ वटा मतदान केन्द्रहरु रहेका छन् । २०७४ को निर्वाचनमा २८३ वटा मतदान केन्द्र रहेकोमा त्यसपछि तीनवटा थप गरिएको थियो भने एउटा खारेज गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?