logo
२०८१ जेष्ठ ४ शुक्रवार



जन्ती बाेकेको ट्याक्टर दुर्घटना, १ को मृत्यु, १९ जना घाइते

खुला |
प्रदेश |


जन्ती बाेकेको ट्याक्टर दुर्घटना, १ को मृत्यु, १९ जना घाइते


भोटराज राई
उदयपुर, माघ २७ गते । उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा बिहीबार एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार १९ जना घाइते भएका छन् । त्रियुगा नगरपालिका १६ रातमाटेबाट जन्ती बोकेर उदयपुरगढीको नेपालटारतर्फ जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर मदन भण्डारी राजमार्गको उदयपुरगढी गापा–७ नागबेली भन्ने ठाउँमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार दुर्घटनामा त्रियुगा नगरपालिका १४ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरेर उपचारका लागि उदयपुर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?