logo
२०८१ मंसिर १२ बुधवार



भारतीय अवैध च्याउ आयातमा रोक लगाउन माग

खुला |
प्रदेश |


भारतीय अवैध च्याउ आयातमा रोक लगाउन माग
फाइल तस्विर


लक्ष्मण पौडेल
भैरहवा, माघ २७ गते । च्याउ उत्पादक किसान संघ नेपालले भारतबाट अवैध रुपमा आउने च्याउ आयातमा रोक लगाउन माग गरेको छ । पछिल्लो समय भारतबाट विषादीयुक्त च्याउ अवैधरुपमा नेपाली बजारमा आइरहेको भन्दै संघले रोक्न माग गरेको हो ।

च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीद्वारा जारी विज्ञप्तीमा कोरोना कहरबीच नेपाली च्याउलाई विस्थापित गर्नेगरी आयात भैरहेको भारतीय अवैध च्याउ रोक्न माग गरिएको छ । च्याउ उत्पादक किसान संघ रुपन्देहीका रिसव पोखरेलसहितको टोलीले प्यालन्ट क्यावरेन्टाईन कार्यालय र भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

च्याउ उत्पादक किसान संघ नेपालले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रुपियाँ रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाइनु पर्नेमा न्युन मुल्य राखी भन्सारबिना नै नेपालमा आयात भैरहेको उहाँले बताउनुभयो । भारतीय च्याउ आयात हुँदा नेपाली च्याउ उत्पादक किसान मारमा परेको उहाँको भनाई छ ।

ज्ञापनपत्रमा च्याउको गुणस्तर प्रमाणीकरण नगरी भारतबाट नेपालमा च्याउ भित्र्याइएको भन्दै च्याउ ढुसीजन्य वस्तु भएकाले भारतबाट नेपाल भित्र्याउन रोक लगाउनु पर्ने उल्लेख छ । भारतीय च्याउको आयात रोक्न जरुरी रहेको भन्दै च्याउ उत्पादक संघले नेपाली च्याउ किसानका समस्या बुझ्न सरकारसँग माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?