logo
२०८१ जेष्ठ ३ बिहीवार



५० प्रतिशत अनुदानमा किसानलाई स्प्रे ट्याङकी

खुला |
प्रदेश |


५० प्रतिशत अनुदानमा किसानलाई स्प्रे ट्याङकी


दिपकप्रसाद गौतम
वीरगञ्ज, माघ २७ गते । जिल्ला कृषि ज्ञान केन्द्र पर्साले जिल्लाको पर्सागढी नगरपालिका ३ झुलीटारमा रहेको सुनखरी कृषि सहकारी संस्थामा संगठित एक सय जना किसानलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण गरेको छ ।

बालि वृद्धि विकास अन्तर्गत गहुँ ब्लक क्षेत्र कार्यक्रम लागुगरेको पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ झुलीटारमा रहेको सुनाखरी कृषि सहकारी संस्थासँग आबद्ध कृषकलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण गरिएको जिल्ला कृषि ज्ञान केन्द्र पर्साका बालि विकास अधिकृत श्यामकिशोर कुर्मीले जानकारी दिनुभयो ।

सुनखरी कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती भट्टराईकाअनुसार गहुँ ब्लक क्षेत्रमा गहुँ खेती गरेका किसानलाई सिचाईका लागि सहज होस भनि कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण गरिएको बताउनुभयो । ४ हजार ४ सय खरिद गरिएको स्प्रे ट्याङ्की किसानलाई २ हजार २ सयमा वितरण गरिएको उहाँले बताउनुभयो ।

बालि वृद्धि विकासका लागि २५ लाख रुपियाँ बजेट आएकाले त्यसैबाट बिभिन्न कार्यक्रम आयोजना गरी कृषकलाई सेवा दिइरहेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले बताउनुभयो । कार्यालयले सिचाईकालागि मोटर, बिभिन्न बालिको बिऊ बिजनलगायत कृषि कार्यमा आवश्यक पर्ने बिभिन्नखाले उपकरण ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा वितरण गर्दै आइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?