logo
२०८१ मंसिर १२ बुधवार



चोरीको मोटरसाईकल नियन्त्रण गर्न विशेष अभियान

खुला |
प्रदेश |


चोरीको मोटरसाईकल नियन्त्रण गर्न विशेष अभियान


नारद कोहार
तौलिहवा, माघ २७ गते । कपिलबस्तुमा विभिन्न स्थानहरुमा पार्किङ गरी राखेका मोटरसाईकल चोरी बढ्न थालेपछि चोरी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सो अभियान सञ्चालन गरेको जानकारी गराएको छ ।

घरमा रातको समयमा मोटरसाईकल राख्नुपर्दा सम्भव भएसम्म मोटरसाइकल पिल्लर वा गह्रौँ वस्तुसँग फलामको साङलोले बाँधी अड्याउन वा पछाडिको चक्कामा लाग्ने लक प्रयोग गरी राख्न प्रहरीले आव्हान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । लामो समयसम्म जथाभावि नजर नपुग्ने स्थानमा पार्किङ मोटरसाईकल नराख्न उहाँले आग्रह गर्नुभयो । चोरीको मोटरसाईकल नियन्त्रणका लागि चोरीमा संलग्नहरुको पहिचान, अवरोध र पक्राउ गर्न नियमित चेकजाँचहरु प्रहरीले गर्दैआएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

विशेषगरी सार्वजनिक स्थान र सरकारी कार्यालयहरुमा रहेको पार्किङस्थलमा सिसिटिभि क्यामेरा राख्न पहल गरिरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनिले बताउनुभयो । मोटरसाईकल चोरी नियन्त्रणका लागि प्रहरी कार्यालयहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नागरिकमा सचेतनामूलक कार्यक्रम मार्फत सजग गराइएको उहाँले बताउनुभयो ।

मोटरसाईकल चोरीका घटना नियन्त्रण गर्न प्रहरीले जिल्लाको वाणगंगा नगरपालिका ७ स्थित भलवाड, जिनुवा, धनेशपुर लगायतका गाउँहरुमा आकस्मिक चेकजाँच शुरु गरेको छ । सोहीक्रममा २ सय २८ वटा मोटरसाईकल ४८ ओटा मझौला सवारी साधन चेकजाँच गरिएको प्रहरीको भनाई छ । चेकजाँचका क्रममा कागजात नभएको १ वटा सावरी नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक मरासिनीले बताउनुभयो । त्यस्तै चेकजाँचको क्रममा त्यस क्षेत्रमा सञ्चालित मोटरसाईकल वर्कसपहरुको समेत अनुगमन गरिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?