logo
२०८१ बैशाख २५ मंगलवार



सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने

खुला |
प्रदेश |


सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने


अविनाश चौधरी
धनगढी, माघ २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगले कर्मचारी भर्नाको विज्ञापन खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी भर्नाका लागि विज्ञापन खोल्ने निर्णय गरेको हो । आयोगले निर्वाचन अगावै विज्ञापन प्रकाशित गर्ने जनाएको छ ।

सङ्घीय सरकारद्वारा स्वीकृत दरबन्दीअनुसार प्रदेश मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगलाई लेखिपठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताउनुभयो ।

प्रदेशमा दुई हजार तीन सयभन्दा स्वीकृत दरबन्दी रहेकोमा करिब ४५ प्रतिशत दरबन्दी रिक्त रहेको छ । प्रदेशको मन्त्रालयदेखि मातहतका कार्यालयमा कर्मचारीको अभाव रहेको छ । दरबन्दीअनुसारको कर्मचारी नहुँदा बजेट र योजना कार्यान्वयनमा समस्या भएको प्रदेश सरकारको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?