logo
२०८१ जेष्ठ ७ सोमवार



बच्चा अपहरण आरोपित तीन जना पक्राउ

खुला |
प्रदेश |


बच्चा अपहरण आरोपित तीन जना पक्राउ


लक्ष्मी चौधरी
जनकपुरधाम, माघ २७ गते । धनुषामा बच्चा अपहरणको आरोप लागेका तीन जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बच्चा अपहरण अभियोगमा पक्राउ परेकालाई बिहीबार सार्वजनिक गरेको छ ।

अपहरण आरोपमा पक्राउ परेका दुई जना महिला र एक जना पुरुष रहेको प्रहरी कार्यालय धनुषाले जनाएको छ । अपहरण आरोपमा पक्राउ परेका धनुषास्थित चारनाथ नगरपालिका १० बस्ने संजित मुखियाकी अन्दाजी ३५ वर्षकी श्रीमती मनिषादेवी मुखिया, सोही जिल्लाको औरही गाउँपालिका १ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ८ स्थित डेरागरी बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमती किरण राम र महोत्तरी जिल्लास्थित लोहरपट्टी नगरपालिका ४ घर भएका हाल जउमनपा ७ स्थित डेरा गरी बस्ने रामजी यादवका २२ वर्षीय छोरा कृष्णकुमार यादवलाई धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी विहिबार सार्वजनिक गरेको हो ।

माघ २६ गते बुधबार जउमनपा ६ स्थित मोहम्मद आमिर राईनकी ६ वर्षीया छोरी एलिजा खातुनले खेलाउँदै गरेको अवस्थामा ७ महिने उनका भाई मोहम्मद अख्तर राईनलाई अपहरण गरी लैजाने क्रममा स्थनीयको सहयोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

धनुषा प्रहरीकाअनुसार ‘प्रहरी निरिक्षक बिक्रम साहको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले स्थानीयको सहयोगमा पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषलाई जिम्मा लगाएको जनाएको छ । पक्राउपछि बच्चालाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?