logo
२०८१ जेष्ठ ८ मंगलवार



तीन सय ७३ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण

खुला |
प्रदेश |


तीन सय ७३ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण


धर्बेन्द्र झा
जनकपुरधाम, माघ २७ गते । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेङ्गा शिवपुरमा लामो समयदेखि जग्गाको भोगचलन गर्दैआएका ३७३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्नुभएको छ ।

वडा कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमबीच जग्गाधनी प्रमाणपत्र वितरण गर्दै मन्त्री श्रेष्ठले आफु मन्त्री भएपश्चात पुर्जा वितरणको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो । पुर्जा वितरणको कामलाई छिटट्ै सम्पन्न गर्न पनि उहाँले आग्रह गर्नुभयो । जग्गाधनी प्रमाणपत्र नभएकाकारण आमनागरिकका छोराछोरीको पढाईदेखि विभिन्न काम गर्नमा समस्या हुनेगरेको उहाँले बताउनुभयो ।

व्यापार व्यवसायदेखि लिएर धेरैजसो कामकाज गर्न ऋण लिनुपर्ने बेलामा पनि जग्गाधनी प्रमाणपत्र नभएका कारण धेरैजसो गरिब व्यक्तिलाई समस्या हुनेगरेको भन्दै त्यस्ताखालका समस्या समाधानका लागि वर्तमान सरकार गम्भिर रहेको बताउनुभयो । नापी विभागका महार्निदेशक प्रकास जोसीको अध्यक्षतामा भएको सो कार्यक्रममा नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्रले जनकपुरधाम उपमहानगरपालिका १९ बेङ्गा शिवपुरमा ९२६ कित्ताको ४६७ वटा पुर्जा वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

आज ३७३ जनालाई वितरण गरिएको भएपनि बाँकी रहेकालाई शुक्रबार बितरण गरिने उहाँले बताउनुभयो । धनुषाको साविक ९१ वटा गाविसमा नापनक्सा गर्न छुट भएकाहरुका लागि २०६४ साल मंसिर महिनाबाट नापनक्सा शुरु गरिएको हालसम्म एक हजार ३९३ हेक्टर जग्गा नापनक्सा कायम गरिएको बताउनुभयो । हालसम्म धनुषाको ११ वटा गाविसमा जग्गाधनी प्रमाणपत्र वितरण भइसकेको बताउनुभयो ।

अझै धनुषामा ८३ हेक्टर जग्गा नापनक्सा गर्न बाँकी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा जग्गाधनी प्रमाणपत्र प्राप्त गरेपछि स्थानीय अकबर कबारीले खुशी व्यक्त गर्दै सरकारले आफुहरुलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेर ठूलो उपकार गरेको बताउनुभयो ।

जग्गाको लालपुर्जा नभएकाकारण छोराछोरीलाई समेत उच्च शिक्षा हाँसिल गराउन पैसाको अभावमा विभिन्नखालको समस्या झेलेको दुःखेसो सुनाउँदै अब त्यस्तो समस्या नआउने उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी अर्का स्थानीय अमितकला महराले आफनो परिवारले भोगचलन गर्दैआएको जग्गाको जग्गाधनी प्रमाणपत्र नभएका कारण कसैले ऋण समेत दिन नमानेको गुनासो गर्नुभयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह, नापी विभागका उपमहानिर्देशक सुशिल ढंगोल, जनकपुरधाम उपमहानगरपालिका १९ का वडा अध्यक्ष जगदिस यादव, नापी विभागका निर्देशक दामोदर ढकाल लगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?