logo
२०८१ जेष्ठ ५ शनिवार



बेनी अस्पताल अध्यक्षमा सुवेदी

खुला |
प्रदेश |


बेनी अस्पताल अध्यक्षमा सुवेदी


अमृतप्रसाद पौडेल
बेनी, माघ २७ गते । पछिल्लो चार महिनादेखि रिक्त रहेको बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी चयन हुनुभएको छ । बेनी अस्पताल विकास समितिको अध्यक्षमा चयन हुनुभएका सुवेदी बेनी नगरपालिका ६ अर्थुङ्गेका स्थायी बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) बेनी नगरकमिटीका सचिव हुनुहुन्छ ।

गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट सुबेदीलाई अध्यक्षमा चयन गरेको पत्र प्राप्त भएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. जितेन्द्र कँडेलले बताउनुभयो ।

२०७५ असोज २५ बेनी अस्पतालको अध्यक्षको पदभार ग्रहण गरेका यसअघिका अध्यक्ष बेलबहादुर कटुवालको कार्यावधि गत असोज २४ गते सकिएको थियो । पछिल्लो ४ महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा सुवेदीलाई जिम्मा दिएको पत्र माघ २६ गते प्राप्त भएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. कँडेलले बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा सुवेदीसँगै सदस्यहरुमा किसान बिश्वकर्मा, अम्बीका ढुङ्गान, दुर्गाराम सुवेदी, संगिता श्रेष्ठलाई चयन गरेका पत्र प्राप्त भएको डा. कँडेलले जानकारी दिनुभयो ।

नवनियुक्त अध्यक्ष सुवेदीले अस्पतालको व्यवस्थापन र जनतालाई स्वास्थ्य सुविधा कसरी चुस्त रुपमा दिन सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?