logo
२०८१ जेष्ठ ४ शुक्रवार



सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद

खुला |
प्रदेश |


सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद


जनार्जन खत्री
सर्लाही, माघ २८ गते । सशस्त्र प्रहरीले शुक्रबार सर्लाहीको बरहथवाबाट ठूलो परिमाणमा लागूऔषध नाइट्रोभेट ट्याब्लेट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सुन्दरपुर चोहर्वाबाट खटिएको गस्ती टोलीले बरहथवा नगरपालिका १७, श्रीपुर कटानीबाट १२ हजार पिस नाइट्रोभेट ट्याब्लेट बरामद गरेको हो ।

गस्ती टोलीलाई देखेपछि ना ५५ प ९२८ नम्वरको २२० सीसीको पल्सर मोटरसाइकलका चालक मोटरसाइकल छाडेर भागेका र मोटरसाइकलमा रहेको बोरा खोलेर हेर्दा ४० वटा प्याकेटमा रहेको १२ हजार पिस नाइट्रोभेट ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाहीका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिनुभयो ।

बरामद गरिएको लागूऔषध र मोटरसाइकल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?