logo
२०८१ बैशाख २२ शनिवार



खार्पुनाथमा सकेट बम भेटियो

खुला |
प्रदेश |


खार्पुनाथमा सकेट बम भेटियो
फाइल तस्विर


राजन रावत
हुम्ला, माघ २८ गते । खार्पुनाथ गाउँपालिका– ४ को मेहल रुखमा सकेट बम भेटिएको छ । स्थानीयले बमजस्तो देखिने बस्तु भएको कुरा प्रहरीलाई जानकारी गराएपछि सो स्थानमा सेनाको टोली पुगेर सकेट बम भएको पुष्टि गरेको हो ।

नेपाली सेनाको बराह दल गुल्मका गुल्मपति गणेश खड्काले शंकास्पद रुपमा भेटिएकोे बस्तु सकेट बम भएको बताउनुभयो । बम भएको आशंका गरिएको जानकारी पाउने बित्तिक्कै गुल्मपति खड्कासहित सेनाको टोली घटनास्थलमा पुगेको थियो ।

बमलाई डिस्पोजल गर्ने उपकरणसहित टोली त्यहाँ पुगेको उहाँले बताउनुभयो । टोलीले सकेट बम भएको पत्ता लगाएसँगै त्यसलाई डिस्पोज गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । सेनाले सो सकेट बम माओवादी युद्धका क्रममा राखिएको हुनसक्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?