logo
२०८१ जेष्ठ २ बुधवार



सवारी दुर्घटनामा एक जनाको मृत्यु

खुला |
प्रदेश |


सवारी दुर्घटनामा एक जनाको मृत्यु


विष्णुप्रसाद पोखरेल
दमक, माघ २८ गते । झापाको कमल गाँउपालिकामा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका– ४ मा पूर्वतर्फ जाँदैगरेको मे १ च ११६७ नम्बरको बलेरोले विपरीत दिशातर्फ आउँदैगरेको मे ६ प २७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर गम्भिर घाईते हुनुभएका स्कुटर चालक शिवशताक्षी नगरपालिका ८ का ४१ वर्षीय नरबहादुर गहतराजको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटना गराउने सवारी साधनसहित चालक प्रहरी नियन्त्रणमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?