logo
२०८१ जेष्ठ ४ शुक्रवार



गौशालामा प्रदेशस्तरीय सुधार केन्द्र बन्दै

खुला |
प्रदेश |


गौशालामा प्रदेशस्तरीय सुधार केन्द्र बन्दै


नगेन्द्रकुमार कर्ण
महोत्तरी, माघ २८ गते । लागुऔषध दुव्र्यसनीमा फसेका युवायुवतीलाई सोबाट छुटकारा दिलाई नयाँ जिवन दिने उद्देश्यकासाथ महोत्तरीको गौशाला नगरपालिकामा प्रदेश स्तरीय सुधारगृह निर्माण थालिएको छ ।

सो नगरपालिका ८ को बेलगाछीमा रहेको सोनी खोला किनारमा शेखर स्मृति सुधारगृह भवनको निर्माण थालिएको गौशाला नगरपालिकाका प्रवक्ता भोजबहादुर दर्लामीले बताउनुभयो । यसक्षेत्रका युवा युवतीहरु लागुऔषध दुव्र्यसनमा फस्दैगएको बताउनुहुदै उहाँले गरिब परिवारका लागि सुधारगृह आवश्यक रहेको बताउनुभयो ।

“हुनेखानेहरु पैसा तिरेर आफ्नो छोराछोरीलाई काठमाडौं, पोखराजस्ता शहरको सुधार गृहमा लाने गर्छन्, गरिबहरुका लागि कोही नभएकोले यहाँ सुधारगृह बनाउन लागिएको हो” उहाँले भन्नुभयो । यस क्षेत्रमा नगरपालिकाद्वारा निर्माण हुन लागेको सुधारगृह पहिलो भएको दावी उहाँले गर्नुभयो ।

दर्लामीले भन्नुभयो, ‘सुधार केन्द्रबाट निस्केकाहरुलाई नैतिकवान भएर सभ्य समाजको निर्माण गर्न सक्नेगरी पठाउने योजना बनाएर अगाडी बढछौं ।’ सुधार केन्द्रमा मनोविमर्शकर्ता, चिकित्सक, सुरक्षाकर्मीहरु परिचालन गरेर शारीरिक, मानसिक काउन्सेलिङ्ग गर्ने, विभिन्नखाले ज्ञान र सीपमूलक तालिम दिने योजना रहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको ८४ लाख ४ हजार १ सय ४४ रुपियाँको लगानीमा बन्न लागेको सो सुधार गृहको भवन दुई तले रहने छ । सुधार गृहको बिहीबार एक समारोहबीच मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शिलान्यास गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?