logo
२०८१ मंसिर १२ बुधवार



त्रिपुरेश्वरमा सुविधा सम्पन्न शौचालय

खुला |


त्रिपुरेश्वरमा सुविधा सम्पन्न शौचालय


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २९ गते । काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक सुविधासहितको शौचालय निर्माण गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शौचालयको शुक्रबार उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दिगो विकासका लागि वातावरणमैत्री प । र्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहरमा सार्वजनिक शौचालय माग गर्ने तर सहरबासीले आफ्नो घर नजिक नबनाइदिन । भन्ने सर्त राख्नाले विवाद आउला कि वा काम रोकिएला कि भनेर डराउनुपर्ने बाध्यताबीच सार्वजनिक शौचालय बनाउनु परेको छ । ”

सो अवसरमा कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सुविधायुक्त सार्वजनिक शौचालय बनाउने कामलाई विस्तार गर्नुपर्ने बताउँदै दबाब झेलेरै यस स्थानमा शौचालय निर्माण सम्पन्न गरिएको बताउनुभयो । कार्यक्रममा वडा नं. ११ का अध्यक्ष एवं विधायन समितिका संयोजक हीरालाल तण्डुकारले पहिले यस स्थानमा शौचालय बनाउन पाइँदैन भनेर दबाब दिएकाहरूलाई अहिले ठीक काम भएको महसुस भएको बताउनुभयो ।

त्यसैगरी वडा सदस्य सरोज मुल्मीले आफ्नो कार्यकालमा भएका स्मरणीय काममध्ये सार्वजनिक शौचालय बनाउनु महìवप । र्ण रहेको उल्लेख गर्नुभयो । एरोसान नेपाल प्रतिनिधि प्रकाश अमात्यले शौचालयमा वातावरणमैत्री प्रविधि जडान भएको जानकारी दिनुभयो । शौचालयमा पुरुषका लागि पिसाब फेर्ने चारवटा र पुरुष, महिला र अपाङ्गता भएका व्यक्तिको सहज पहुँच भएका दुई/दुईवटा बन्द शौचकक्ष छन् ।

शौचालयको भवनबाट आकाशे पानी सङ्कलन, प्रशोधन र प्रयोग गर्नसकिने बनाइएको छ । महिलालाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रविधिबाट पानी र झोल साबुन आउने प्रविधि, हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर)जस्ता सुविधा जडान गरेर सुविधायुक्त बनाइएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?