logo
२०८१ जेष्ठ २ बुधवार



काँकडभित्तामा आगलागी हुँदा दुई घर जलेर नष्ट

खुला |
प्रदेश |


काँकडभित्तामा आगलागी हुँदा दुई घर जलेर नष्ट


लीलाराज झापाली
बिर्तामोड, फागुन १ गते । झापाको मेचीनगरमा एकपछि अर्को आगलागी भएर करोडौं रुपियाँ बराबर धनजनको क्षति भएको छ । मेचीनगरको दमकल मर्मत नगरेको भन्दै स्थानीयले सडकमै नाराबाजी गर्दै सडक बन्द गरेका छन् ।

मेचीनगर ६ स्थित काँकडभिट्टामा आइतवार बिहान फेरि आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट भानुटोलका नारायण तिम्सिना र पासाङ तामाङको घर जलेर खरानी भएको छ ।

विद्युत् सर्ट भई आगो लागेपछि स्थानीय र सुरक्षाकर्मी मिलेर आगो नियन्त्रणमा लिएका छन् । पानी, बालुवा र स्याउला प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन् । आगो नियन्त्रणपछि मात्रै बिर्तामोडको दमकल घटनास्थल पुगेको थियो ।

स्थानीय जीवन थापाले नगरपालिकाको दमकल नहुँदा घर जलेर नष्ट भएको बताउनुभयो । एक महिनासम्म दमकल नबनाउँदा मेचीनगरमा आगलागीबाट क्षति बढेको स्थानीयको भनाइ छ । आक्रोशित स्थानीयले मेचीनगरका मेयर विमल आचार्य र उपप्रमुख मीना उप्रेतीविरुद्ध नाराबाजी गरेका छन् ।

यसै साता मात्रै मेचीनगरमा दुई ठूला आगलागीका घटना हुँदा एक जनाको मृत्यु र करोडौ रुपियाँ बराबरको क्षति भएको छ । मेचीनगरको दमकल भने महिना दिनदेखि बिग्रिएर थन्किएको छ । शनिवार मात्रै मेचीनगरको मगमग चाउचाउमा आगलागी हुँदा करोडौंको क्षति भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?