logo
२०८१ जेष्ठ २ बुधवार



गाईघाटमा आगलागी : एक घर तीन पसल जलेर नष्ट

खुला |
प्रदेश |


गाईघाटमा आगलागी : एक घर तीन पसल जलेर नष्ट


भोटराज राई
उदयपुर, फागुन १ गते । उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित त्रियुगा बसपार्क नजिकै उत्तरतर्फको एक घर र तीन पसलमा गएराति आगलागी भई लाखौं क्षति भएको छ ।

विद्युत सर्ट भई आगलागी हुँदा बाबुराजा प्रजापतिको टिनको सटर भएको एक तले घर र स्थानीय मदन साहको किराना पसल, जनक मगरको स्टिकर पसल र सरोज रेग्मीको मोटर पार्टस पसलमा आगलागी भएको हो ।

आगलागीबाट साहको ४० लाख, मगरको ११ लाख, रेग्मीको २५ लाख र प्रजापतिको ८ लाख रुपियाँ बराबरको धनमाल, सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ । राती १ः३० बजेको समयमा आगलागी भएको खबर पाएलगत्तै खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहगोगमा करिब ३ घण्टापछि आगो नियन्त्रण आएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकल प्रयोग भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?