logo
२०८१ जेष्ठ ४ शुक्रवार



भरुवा बन्दुकसहित एक जना पक्राउ

खुला |
प्रदेश |


भरुवा बन्दुकसहित एक जना पक्राउ


जानु पाण्डे
कपिलवस्तु, फाल्गुन १ गते । कपिलवस्तुको बाणगंगा नगरपालिका ९ चौवाहाबाट ५ थान भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पिपराको टोलीले गोप्य सूचनाको आधारमा स्थानीय वर्ष ६० को रामसमज थारुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

थारुको घर खानतलासी गर्दा लोड गरिएको अवस्थामा रहेको भरुवा बन्दुक भेटिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयो । कार्यालयले माघ २९ गते शितगंगा नगरपालिका घर भएका वीरबहादुर सोमै र खेमु मगरलाई समेत भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?