logo
२०८१ जेष्ठ ४ शुक्रवार



बैंकिङ कसूरमा फरार एक जना पक्राउ

खुला |
प्रदेश |


बैंकिङ कसूरमा फरार एक जना पक्राउ


बेलिना थापा
लमजुङ, फागुन १ गते । लमजुङ प्रहरीले बैंकिङ कसुरमा फरार एक बृद्धलाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले बेंसीशहर नगरपालिका ३ गाउँशहरका ६० बर्षीय गणेशबहादुर गोतामेलाई काठमाडौं तार्केश्वर नगरपालिका ९ बाट पक्राउ गरेको हो ।

बैंंकिङ कसुर मुद्दामा कैद २ दिन र जरिवना ५ लाख रुपियाँ सजाय तोकिएका गोतामेलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले माघ २८ गते पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीकाअनुसार गणेशबहादुर गोतामे केही बर्षदेखि काठमाडौंमा लुकिछिपि बस्दै आएका थिए ।

पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, लमजुङबाट बिशेष टोली नै काठमाडांंै पुगेको थियो । २०७८ बैशाख १२ गते गोतामेबिरुद्ध उच्च अदालत पाटनबाट मुद्दा फैसला भएको थियो । पक्राउ परेका गणेशबहादुर गोतामेलाई २०७८ फागुन १ गते आइतबार कैद तथा जरिवाना असुलउपर गर्न जिल्ला अदालत लमजुङमा पेश गरिएको छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय लमजुङले फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै सञ्चालन गरेको छ । चालु आर्थिक बर्षको साउनदेखि हालसम्म फरार रहेका ५० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट जरिवानास्वरुप ३७ लाख ८४ हजार ६ सय ६६ रुपियाँ असुलउपर भएको प्रहरीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?