logo
२०८१ जेष्ठ ७ सोमवार



लागूऔषधसहित एक युवा पक्राउ

खुला |
प्रदेश |


लागूऔषधसहित एक युवा पक्राउ
फाइल तस्विर


माला कर्ण
कल्याणपुर, फागुन १ गते । लागूऔषधसहित सप्तरीको राजगढ गाउँपालिका २ का एक जना युवालाई प्रहरीले प्रक्राउ गरेको छ । राजगढ गाउँपालिका २ झुटकीका शंकर भन्ने शिवशंकरकुमार यादवलाई अवैध लागूऔषधसहित प्रहरीले शनिबार पक्राउ गरेको हो ।

आफनै घरछेउको चर्पी पछाडी भुस र माटोले छोपी राखेको लागूऔषध, पाँच सयको नेपाली नोट र केही भारु रुपियाँसहित यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले फेनारगन ९७ पिस, फाजेपाम ९९ पिस, लीजेसिक ९९ पिस, एक सय एम्पुल प्रतिबन्धित लागूऔषध सो स्थानबाट बरामद गरेको ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले जानकारी दिनुभयो ।

लागूऔषधसहित पक्राउ परेकामाथि थप अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो । स्थानीयहरूले बरामद सामग्री लागूऔषध नभएको भन्दै पक्राउ गरेको विरुद्धमा प्रदर्शन गरेका थिए । स्थानीयले विरोध जनाएपछि साँझ ६ बजेदेखि राती १० बजेसम्म सप्तरीको झुट्की क्षेत्र तनावपूर्ण बनेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?