logo
२०८१ बैशाख ८ शनिवार



साईपाल गाउँपालिकामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी

खुला |
प्रदेश |


साईपाल गाउँपालिकामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी


शैलेन्द्र रोकाया
बझाङ, फागुन १ गते । साईपाल गाउँपालिकामा आईतबार नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भएको छ । गएको साता भएको हिमपातका कारण बाटो अबरुद्ध भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको साईपाल गाउँपालिकामा खाद्यान्न अभाब भएपछि आईतबार गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो ।

गाउँपालिका जाने मुल घोडेटो बाटोमा हिमपात भएपछि अबरुद्ध भएपछि खाद्यान्न ढुवानीमा समस्या भएको थियो । साईपाल गाउँपालिकाको वडा –३ को काडामा ६४ कट्टा, ५ न्युनामा ६८ कट्टा र ४ घुलीमा ६७ कट्टा गरी झण्डै ६५ क्यीन्टल चामल ढुवानी गरिएको साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो ।

साईपाल गाउँपालिकामा अब बाटो नखोलुन्जेलसम्मका लागि खाद्यान्न अभाब टरेको उहाँको भनाई छ । यसअघि साईपाल गाउँपालिकामा खच्चर तथा भेडामार्फत ढुवानी गर्दैआएको भएपनि साईपाल गाउँपालिकामा एक साता अघिसम्म खाद्यान्न ढुवानी हुन नसक्दा भोकमरी हुने चिन्ता भएको थियो ।

खाद्यान्न ढुवानीको मागसहित गोरखापत्र दैनिकले लगातार समाचार प्रकाशन गरेको थियो ।समाचार प्रकाशन भएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले हेलिकप्टरमार्फत ढुवानी गर्न आबश्यक प्रक्रिया थालनी गरेको थियो । नियमित चौपायामार्फत ढुवानी गरिएको काँडामा मौज्दात चामल समेत सकिएको झण्डै डेड सातापछि खाद्यान्न ढुवानी भएको हो । चामल ढुवानी भएपछि स्थानीयहरु खुशी व्यक्त गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले अहिले गाउँमा खाद्यान्न पुगेकाले तत्कालको समस्या हल भएको बताउनुभयो । केही दिनभित्र खच्चर हिड्ने बाटो समेत खोल्न पहल गरिने र नियमित खच्चरबाट ढुवानी गरिने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?