logo
२०८१ जेष्ठ ३ बिहीवार



सुनसरीको सीमामा सुरक्षा अधिकारीको निरीक्षण

खुला |
प्रदेश |


सुनसरीको सीमामा सुरक्षा अधिकारीको निरीक्षण


जयकृष्ण यादव
इनरुवा, फागुन १ गते । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका ५ सिसुवा धरमपुरमा सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरिएको छ । हरिनगरको सिसुवा क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

प्रजिअ यादवले आईतबार सीमास्तम्भ नं. १९५ पीपी ६, १९४ डब्लूपीएम ३७, १९४–४, १९५–१, १९५–२, १९४–५, १९४–६ को सुरक्षा निकायबाट संयुक्त रुपमा सुरक्षा अनुगमन गरिएको बताउनुभयो । उहाँकाअनुसार सीमा नाकामा स्थानीयतह निर्वाचन केन्द्रीत अनुगमन गरिएको हो ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीयतहको निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल–भारत सीमा क्षेत्रको दशगजामा सुरक्षा निकायले अनुगमन गरेको बताएको छ । नेपाल–भारत सीमा क्षेत्रको जंगे पिलरसहितमा संयुक्त गस्ती गरिएको हो ।

सीमा अनुगमनमा प्रजिअ यादवसहित प्रहरी उपरीक्षक संजयसिंह थापा, उप्अनुसन्धान निरीक्षक कुलचन्द्र नेपाल, प्रहरी सहायक निरीक्षक विनबहादुर पाण्डे, सशस्त्र प्रहरी निरीक्षक मोहन वास्तोलाको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?