logo
२०८१ बैशाख २२ शनिवार



निर्वाचन लक्षित सुरक्षा रणनीति बनाउँदै दैलेख प्रहरी

खुला |
प्रदेश |


निर्वाचन लक्षित सुरक्षा रणनीति बनाउँदै दैलेख प्रहरी


कमल शर्मा
दैलेख, फागुन १ गते । सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गरेसँगै स्थानीय प्रशासन र प्रहरीले निर्वाचन लक्षित सुरक्षा रणनीति तयार गर्नमा लागेको छ । जिल्लाका ११ स्थानीय तहमा रहेको जनप्रतिनधि, नागरिक समाज, राजनीतिक दल, शिक्षक, बुद्धिजीबीसँग आवश्यक छलफल सुरु गरेको हो ।

जिल्लाका विभिन्न भुभागको अध्ययन अनुसन्धानका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान लगायतलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरलले जिल्लाका सुरक्षा सम्बेदनशील क्षेत्रको अवलोकन, राजनैतिक दल, जनप्रतिनिधिसँंग छलफल कार्य अघि बढाइएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले निर्वाचन लक्षित सुरक्षा रणनीतिसँगै समाजमा हुने अपराध न्युनीकरण अभियान सञ्चालन गरिएको बताउनुभयो । शनिवार भैरवी गाउँपालिकामा उक्त कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सबैखाले अपराध न्युनीकरण गर्न बिनाबर्दीको प्रहरी जनताले प्रहरीलाई सहयोग गर्नुपर्छ ।” जिल्लाका ११ वटै पालिकामा सो कार्यक्रम गर्ने उहाँले बताउनुभयो ।

भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले निर्वाचन भनेको लोकतन्त्रको सुन्दर पक्ष भएका कारण शान्त बातावरणमा सम्पन्न हुनुपर्ने बताउनुभयो । निर्वाचनको समयमा हुने अपराधिक क्रियाकलापलाई रोक्न सबैको दायित्व भएको उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको मिति तोकिएसँगै जिल्लामा रहेको राजनीतिक दलहरु आफ्नो कार्यक्रम लिएर वडा र टोलसम्म पुग्नेगरेका छन् । नेकपा एमाले, माओबादी केन्द्र, नेकपा (एकीकृत समाजबादी) लगायतका दलले अहिले वडा गएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?