logo
२०८१ बैशाख ८ शनिवार



पुनर्बहालीको माग गर्दै रिले अनसन

खुला |
प्रदेश |


पुनर्बहालीको माग गर्दै रिले अनसन


बाबुराम शर्मा
चरीकोट, फागुन १ गते । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटका तीन जना कार्यालय सहयोगीहरुले पुनर्बहालीको माग राख्दै रिले अनसन सुरु गर्नुभएको छ । म्याद सकिएको भन्दै करारमा रहेका ती कर्मचारीलाई हाजिर गर्न नदिएपछि आइतबारदेखि रिले अनसन सुरु गर्नुभएको हो ।

मौखिक तथा लिखित जानकारीबेगर गत माघ ७ गते विद्युतीय हाजिर गर्दा पुनः कोसीस गर्नु भन्ने सन्देश मिलेपछि मात्र आपूmहरुलाई थाहा भएको उहाँहरुको भनाई छ । १५ वर्षदेखि कार्यरत शिव श्रेष्ठले भन्नुभयो, “अझै पनि कार्यालयले यस सम्बन्धी कुनै जानकारी दिएको छैन । आफ्नै घर सम्झेर इमान्दारपूर्वक काम गर्दा पनि हामीमाथि कुठाराघात भएको छ ।”

पुनर्बहाली नभएसम्म रिले अनसन नतोड्ने दाबी गर्दै उहाँले भन्नुभयो, “अब म कहाँ गएर परिश्रम गरौँ र जीवयापन गरौँ ? बालबच्चा कसरी पालौँ ? यस्तो होला भन्ने सोचेकै थिएन ।” गत छ वर्षदेखि निरन्तर काम गर्दैआउनु भएका वेदप्रसाद सापकोटाले भन्नुभयो, “एक्कासि हाजीरी बन्द गरेर हाम्रो जीवनमाथि कुठाराघात गरिएको छ, पुनर्बहाली नगरेसम्म हामी अनसन तोड्दैनौँ ।”

करिब पाँच वर्ष काम गर्नुभएका मिश्रा श्रेष्ठले भन्नुभयो, “१३ जना करार कर्मचारीमध्ये हामी तीन जनाको मात्र म्याद नथप्नुको कारण के हो ? हामीलाई औचित्यपूर्ण जवाफ चाहिन्छ ।” कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा. पुनम नेपालले अनुशासन पालना नगरी कार्यालयको काममा बेवास्ता गरेपछि म्याद नथपिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?