logo
२०८१ जेष्ठ ४ शुक्रवार



दुर्घटनामा परी एक जनाको मृत्यु, तीन जना घाइते

खुला |
प्रदेश |


दुर्घटनामा परी एक जनाको मृत्यु, तीन जना घाइते


जानु पाण्डे
कपिलवस्तु फागुन १ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा ३ बबनीमा स्कुटर र मोटरसाइकल एकापसमा ठोकिँदा सोही नगरपालिका ८ का २५ वर्षिय नमु पौडेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले बताउनुभयो ।

प्रहरीकाअनुसार प्रदेश २ –०३–०२१ प ९६०२ नम्बरको स्कुटर लु ३२ प ४७८० नम्बरको मोटरसाइकलसँग ठोकिँदा आइतबार दिउँसो दुर्घटना भएको थियो । घाइतेहरुको उपचारका लागि बुटवल लगिएको प्रहरीले बताएको छ ।

तिव्र गतिमा रहेको सवारी साधन नियन्त्रणमा आउन नसक्दा एक आपसमा ठोकिएको हुन सक्ने ट्राफिक प्रहरी हवल्दार टेकबहादुर केसीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?