logo
२०८१ जेष्ठ ४ शुक्रवार



प्रभावकारी बन्दै भकारो सुधार कार्यक्रम

खुला |
प्रदेश |


प्रभावकारी बन्दै भकारो सुधार कार्यक्रम


नारद कोहार
तौलिहवा, फागुन २ गते । कपिलबस्तुको बाणगङ्गा नगरपालिका ६ भगलापुरमा सञ्चालन गरिएको बायोग्याँससहित भकारो सुधार कार्यक्रम प्रभावकारी बन्दैगएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गुइठालाई विस्थापित गर्ने उद्देश्यले बायोग्ँयाससहित भकारो सुधार कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

गोबरग्ँयास नहुँदा एउटै खाल्डोमा गाईबस्तुको पिसाब र गोबर फ्याक्ने गरेको बाणगङ्गा नगरपालिका ६ भगलापुरका कृषक चुरामणी भुसालले बताउनुभयो । गोबरग्याँसको प्लाण्ट नभएका बेला प्रत्येक महिना खाना पकाउन दुईवटा ग्यास सिलिण्डर लाग्नेगरेको उहाँले बताउनुभयो । अब त्यो बचत हुन थालेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “जबदेखि गोबरग्याँसको प्लान्ट आयो तबदेखि गोबर अन्यत्र लगेर फ्याक्न थालियो ।”

भान्सामा प्रयोग भइरहेको गुइठालाई विस्थापन गर्न र मानव स्वास्थ्यलाई प्रतिकृल असरबाट बचाउने उद्देश्यले बायोग्ँयाससहितको भकारो सुधार कार्यक्राम लागु गरिएको विज्ञ केन्द्रका प्रमुख डा. उत्तम आचार्यले बताउनुभयो । यसको सञ्चालन प्रक्रिया निकै सहज रहेको उहाँको भनाइ छ । २५ जना कृषक एवम् घर परिवारलाई समेटेर कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै बायोग्ँयाससहित भकारो सुधार कार्यक्रम कपिलवस्तुको महाराजगंज नगरपालिका ९, विजयनगर गाँउपालिका ६ मा पनि सञ्चालनमा ल्याइएको प्रमुख आचार्यले बताउनुभयो । यो कार्यक्रम गुइँठाको प्रयोग बढी हुने स्थानमा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

गुइँठाले मानिसको स्वास्थ्यमा असर पर्ने भएकाले बायोग्याँससहितको भकारो सुधार कार्यक्रम प्रभावकारी बन्द्रैगएको महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम खाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?