logo
२०८१ जेष्ठ ४ शुक्रवार



गोतामे पत्रकारिता पुरस्कारबाट झा पुरस्कृत

खुला |
प्रदेश |


गोतामे पत्रकारिता पुरस्कारबाट झा पुरस्कृत


दिपकप्रसाद गौतम
वीरगञ्ज, फागुन २ गते । पत्रकार गोपालभन्द्र गौतम प्रतिष्ठानले प्रदान गर्दैआएको गोतामे पत्रकारिता पुरस्कारबाट यस वर्ष सप्तरीका पत्रकार बैद्यनाथ झा पुरस्कृत हुनुभएको छ । स्वर्गीय पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारबाट यस वर्ष सप्तरीबाट प्रकाशित हुने आजको वातावरण दैनिक पत्रिकाका सम्पादक झा पुरस्कृत हुनुभएको हो ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पुरस्कार वितरण समारोहमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले पत्रकार झालाई सम्मानपत्रसहित स्वर्ण पदकले सम्मानीत गर्नुभएको छ । पुरस्कृत पत्रकार झा बिगत ४६ बर्षदेखि पत्रकारिता पेशामा रहेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं पत्रकार जगदीश शर्माको अध्यक्षतामा आयेजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमख विजयक्मार सारवगीले आजको पत्रकारितामा स्व. गोपालचन्द्र गौतमको आत्मा आउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी उपरीक्षक रमेश वस्नेत, सशत्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल लगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?