logo
२०८१ जेष्ठ २ बुधवार



मोबाइल विगारेको भन्दै श्रीमतीको हत्या

खुला |
प्रदेश |


मोबाइल विगारेको भन्दै श्रीमतीको हत्या


विष्णुप्रसाद पोखरेल
दमक, फागुन २ गते । झापाको भद्रपुरमा मोबाइल बिगोरेको भन्दै श्रीमान्ले श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार विहान साढे ५ बजे वडा १ लाहुरेचोक बस्ने ३४ बर्षिय अमरबहादुर तामाङले ३४ वर्षिया श्रीमति अनिता लिम्बूको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार तामाङले श्रीमती लिम्बुको धारिलो हतियार र ढुङ्गा प्रहार गरी हत्या गरेका छन् । मोबाइल बिगारेको बिषयमा भनाभन भएपछि झगडा हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको पाठकले बताउनुभयो ।

हत्यामा संलग्न अभियुक्त तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी नायव उपरीक्षक पाठकले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?