काठमाडौं, फागुन २ गते । महानगरीय प्रहरी परिसर भक्तपुरले पुरातात्विक महत्वका मूर्ति तथा सामानहरु संरक्षण अधिकृत सविता न्यौपानेलाई जिम्मा लगाएको छ ।
विगत लामो समयदेखि भक्तपुरको विभिन्न स्थानबाट २४ (चौविस) थान पुराना पुरातात्विक महत्वका मुर्ति तथा सामानहरु फेला पारी महानगरीय प्रहरी परिसर भक्तपुरमा सुरक्षित साथ राखिएकोमा आज पुरातत्व विभाग अभिलेखालय भवन रामशाहपथ, काठमाडौंबाट खटिई आएका संरक्षण अधिकृत न्यौपानेलाई जिम्मा लगाएको हो ।
जिम्मा लगाइएका मूर्तिमा काठको मूर्ति चार थान, ढुंगाको मूर्ति १२ थान, माटोको मूर्ति एक थान, ढलोटको मूर्ति चार थान, फलामको मूर्ति एक थान, क्रिष्टलको मूर्ति एक थान र चाँदीको थाल एक थान रहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।