logo
२०८१ जेष्ठ ७ सोमवार



सर्लाहीमा ई–पासपोर्ट वितरण कार्य सुरु

खुला |
प्रदेश |


सर्लाहीमा ई–पासपोर्ट वितरण कार्य सुरु


जनार्जन खत्री
सर्लाही, फागुन २ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि सेवाग्राहीलाई ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण गर्न सुरु गरेको छ । एक महिनाभन्दा अघिदेखि ई–पासपोर्टका लागि सेवाग्राहीको फर्म भर्ने र अन्य आवश्यक कागजात सङ्कलनको काम गरिरहेको थियो ।

कार्यालयले राहदानी विभाग काठमाडौंंबाट पहिलो पटक १५६ जना सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि सोमबारदेखि वितरण गर्न सुरु गरेको सो कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सोमबार तीन जना सेवाग्राहीलाई ई–पासपोर्ट हस्तान्तरण गरी वितरण कार्यको शुभारम्भ गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गौतमले ई–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आफ्नो पासपोर्ट लिएर जान सक्ने जानकारी दिनुभयो । कार्यालयले आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई ई–पासपोर्ट वितरण गरिने जनाएको छ ।

राहदानी विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुने बताइएको छ । एमआरपीको तुलनामा विद्युतीय राहदानी बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?