logo
२०८१ जेष्ठ ३ बिहीवार



सुशासन कायम गर्न प्रशिक्षण केन्द्र प्रभावकारी साबित हुन्छ : मुख्यमन्त्री राउत

खुला |
प्रदेश |


सुशासन कायम गर्न प्रशिक्षण केन्द्र प्रभावकारी साबित हुन्छ : मुख्यमन्त्री राउत


धर्बेन्द्र झा
जनकपुरधाम, फागुन २ गते । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र प्रभाकार िसाबित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

जनकपुरधामको मुजेलियास्थित प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सोमबार उद्घाटन गर्नुहुूँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनुभयो । प्रशिक्षण केन्द्रले प्रदेशका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई प्रशिक्षणमार्फत प्रदेशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रलाई प्रदेशकै नमूना अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य प्रदेश सरकारको रहेको उहाँले चर्चा गर्नुभयो । मुख्यमन्त्री राउतले त्यसका लागि आवश्यक पूर्वाधारको विस्तृत योजना तयार पार्न निर्देशन समेत दिनुभयो ।

केन्द्र तालिम मात्र नभई मधेशका विभिन्न पक्षबारे अनुसन्धानको नीतिबारे समेत जानकारी दिने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले अध्ययन अनुसन्धान गर्न चाहने देशी विदेशी नागरिकका लागि प्रशिक्षण केन्द्रलाई आकर्षणको केन्द्र बनाउने बताउनुभयो ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतसहितले प्रशिक्षण केन्द्रले आउने दिनमा प्रभावकारी कामकाज गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?