logo
२०८१ मंसिर १२ बुधवार



करिब ६९ केजी गाँजासहित तीन जना पक्राउ

खुला |


करिब ६९ केजी गाँजासहित तीन जना पक्राउ


बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन ३ गते । सिन्धुली जिल्लामा प्रहरीले करिब ६९ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा ती व्यक्तिलाई ६८ दशमलब ८४२ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

प्रहरी कार्यालयका अनुसार मरिण गाउँपालिका–७ देबसरा निवासी बहादुर गोलेलाई ३२ दशमलब २३२ केजी गाँजा परालको कुन्युमा लुकाई राखेको अवस्थामा सोमबार राति पक्राउ गरिएको हो ।

त्यस्तै, निजको नाता पर्ने कमलामाई नगरपालिका–१ खहरेखोला बस्ने ४३ वर्षीय कालु ब्लोनलाई २० दशमलव ३४ केजी गाँजा र सोही ठाँउमा बस्ने १९ वर्षीय कृष्णबहादुर ब्लोनलाई १६ दशमलव २७ केजी गाँजासहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृष्णबहादुर ब्लोनबाट नगद २२ हजार रुपियाँ पनि बरामद भएको छ । कालु र कृष्णबहादुर गाँजा बोकेर स्थानीय पञ्चकन्या वनतर्फ भाग्दै गर्दा पक्राउ गरिएको हो । पक्राउ परेकाले दिएको सूचनाका आधारमा मरिणका गोलेलाई पक्राउ गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?